इटालियन सिरी ‘ए’ : अग्रता जोगाउन नसक्दा युभेन्टस पराजित

इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा युभेन्टस पराजित भएको छ । उसले घरेलु टोली नापोलीविरुद्धको खेल २–१ ले गुमायो ।

युभेन्टस सुरुवाती अग्रता जोगाउन नसक्दा स्तब्ध बन्यो । खेलको १० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ५७ औँ मिनेटमा माटिओ पोलिटानोले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । ८५ औं कालिदोउ कोलिबेलीले गोल गरेपछि नापोलीले रोमाञ्चक जित दर्ता गरेको हो । 

जितसँगै नापोली ३ खेलमा शतप्रतिशत जितका साथ ९ अंक जोडेर लिगको शीर्ष स्थानमा रहँदा युभेन्टस समान खेलबाट १ अंकका साथ १६ औं स्थानमा छ । 

लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा भेनेजियाले इम्पोली तथा फियोरेन्टिनाले एट्लान्टामाथि समान २–१ को जित हात पारे । 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार ९:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया