धेरै कलाकार डिप्रेसनको सिकार भएका छन् । नेपाल तथा विदेशका कलाकारहरूले आफू डिप्रेसनमा परेको खबर सार्वजनिक गर्न थालेका छन् । पछिल्लो समय कलाकारहरू डिप्रेशनका बारेमा खुलेर बोल्न थालेका छन् ।
पछिल्लो पटक बलिउड अभिनेत्री दीपिका पादुकोणले आफू डिप्रेसनमा परेको बताएकी छन् । उनले आफूलाई डिप्रेसनका कारण बाँच्नै मन नलागेको समेत बताएकी छन् ।‘कौन बनेगा करोडपति १३’ पुगेकी दीपिकाले अमिताभ बच्चनसँग डिप्रेसनको अनुभव साटेकी हुन् ।
कार्यक्रममा अमिताभले दीपिकालाई प्रश्न गरेका थिए, ‘डिप्रसन भएको कसरी थाहा भयो ?’ उनले जवाफमा आफूलाई काम गर्न मन लाग्न छोडेको थियो भनेकी छन् । उनले भनिन्, ‘मलाई मानिसहरूसँग भेट्न मन लाग्दैनथ्यो । भित्रभित्रै एक्लोपना महसुस गर्थेँ । कहिलेकाही बाँच्नुको कारण नै केही छैन भन्ने लाग्थ्यो । जिन्दगीसँग मन अघाएको थियो ।’
डिप्रेसनमा परेको बेलामा दीपिकाले आफू निकै रोएको बताएकी छन् । डिप्रेसनबाट बाहिर निस्कन आफूलाई आफ्नी आमाले सहयोग गरेको पनि दीपिकाले बताएकी छन् । भनेकी छिन्, ‘मेरी आमाले मेरो अवस्थाका बारेमा थाहा पाएपछि एकजना डाक्टरसँग भेट्नुपर्छ भनेर भेट्न पहल गर्नुभयो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।