चैत्र २५ मा अनमोल सुहानाको ‘ए मेरो हजुर–४’

कोरोनाका कारण रिलिज मिति पछि सरेको चलचित्र ‘ए मेरो हजुर–४’ ले पुनः रिलिज मिति लिएको छ । यसअघि गत भदौ ४ गतेलाई रिलिज मिति लिएको यो चलचित्र अब आगामी चैत्र २५ गते रिलिज हुने भएको छ ।

अभिनेता अनमोल केसी र सुहाना थापाले शीर्ष भूमिकामा रहेर अभिनय गरेको यो चलचित्र सुनिलकुमार थापाले निर्माण गरेका हुन् । झरना थापाले निर्देशन गरेको यो चलचित्र ‘ए मेरो हजुर’ को सिरिज चलचित्र हो ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका हल खोल्न सरकारले अनुमति दिएको छ । सरकारी अनुमति पाएर पनि धेरै निर्माता निर्देशक भने आफ्ना चलचित्र रिलिज गर्न डराइरहेका छन् । 

निर्माता निर्देशकले चलचित्र प्रदर्शनमा चासो नदिदा अनुमति पाएको एक साता बित्दा पनि सिनेमा हल खुल्न सकेका छैनन् ।
 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ११:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया