माओवादी स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै, के छन् एजेण्डा ?

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो ।

स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलका अनुसार दिउँसो ३ बजेका लागि पार्टी कार्यालय, पेरिसडाँडामा बैठक बोलाइएको हो । बैठकमा सरकार विस्तार, सांगठानिक विषय लगायतका विषयमा छलफल हुनेछ । 

माओवादी केन्द्र्रसमेतको समर्थनमा बनेको गठबन्धनको सरकारले दुई महिना बितिसक्दा पनि सरकार विस्तार गर्न सकेको छैन । सत्ता गठबन्धनभित्रै आन्तरिक किचलो देखिएपछि सरकार विस्तार हुन नसकेको हो । 

विशेषगरी मन्त्रालय बाँडफाँडका विषयमा कुरा नमिल्दा लामो समयदेखि मन्त्रिपरिषद विस्तार रोकिएको छ । 

देउवाले माओवादीलगायत सरकारमा संलग्न अन्य दलहरुलाई मन्त्रीहरुको नामावली उपलब्ध गराउन भनिरहेका छन् । 

आजको बैठकमा मन्त्रिपरिषदमा को को समावेश हुने भन्नेबारे पनि छलफल हुने माओवादी स्रोतले बताएको छ ।
 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १२:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया