च्याम्पियन्स लिग : रियल मड्रिडको कठिन जित

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । 

उसले इटालियन क्लब इन्टर मिलानको घरेलु मैदान सान सिरोमा १–० को कठिन जित हात पारेको हो । 

खेलको ८९औँ मिनेटमा रोड्रिगोले गरेको एक मात्र गोल रियललाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै रियलले ३ अंक जोड्दा इन्टरले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यही समूहको अर्को खेलमा पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको सेरिफले साख्तर डोनेक्सलाई २–० ले पराजित गर्‍यो । 





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार ७:४०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया