हामी सरकारमा जान आज भने आज, भोलि भने भोलि तयार छौं : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीको पार्टी कार्यालय आजबाट संचालनमा आएको छ । कार्यालय उद्घाटनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका नेता कार्यकर्ता आलोकनगर पुगेका थिए । 

बानेश्वरस्थित आलोकनगरको पूजा थापा बस्नेतको घरमा रहने कार्यालय शुभारम्भ विशेष कार्यक्रम आयोजना गरेर पार्टी कार्यालय स्थापना भएको हो ।

पार्टी कार्यालय शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष माधवकुमार नेपालले नयाँ आशा र विश्वास जगाउँदै जनमानसमा भएको निराशा चिर्ने काम आफ्नो पार्टीले गर्ने बताए । ‘जनतालाई अलमल्याउनका लागि दशथरी कुराहरू गर्दै हामी चल्ने छैनौं । हामी जनतासँग जोडिनेछौं, देशसँग जोडिनेछौं’, नेपालले भने । 

आफूहरुको सम्पूर्ण सोच नेपाली जनतामा समर्पित हुने बताउँदै राष्ट्रभावको भावनाले आफूहरूको सोचलाई ओतप्रोत हुने बताए । ‘सामाजिक न्यायका लागि, समुन्नतिका लागि अगाडि बढ्नेछ’, नेपालले भने ।  पार्टी र आन्दोलनको रक्षाका लागि सधैंभरि समर्पित हुने बताउँदै उनले भने,‘जनताको बहुदलीय जनवादको मान्यतालाई आत्मसाथ गर्दै हामी क्रियाशील हुनेछौं ।’

साथै, उनले पार्टीको केन्द्रीय कमिटी बैठक ५ असोजमा बस्ने बताए । ‘संसदको बैठक ४ गते बस्दैछ । ५ गते हाम्रो केन्द्रीय कमिटीको बैठक बस्दैछ । हामी सरकारमा जान कुनै समस्या छैन् । हामी तयार छौं । आज भने आज तयार छौं, भोलि भने भोलि तयार छौं’, उनले भने ।





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १०:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया