अन्तर विद्यालय डाेजाङ तेक्वान्दाे प्रतियाेगिता बालाजुलाई

बालाजु तेक्वान्दो डोजाङले प्रथम फ्रेन्डसिप अन्तर विद्यालय डोजाङ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको  छ । बालाजुले ८ स्वर्ण, १ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी उचालेकाे हाे ।

फ्रेन्डसिप तेक्वान्दो डोजाङको आयोजनामा टाेखामा सम्पन्न भएकाे प्रतियाेगितामा नागार्जुन तेक्वान्दो डोजाङले ६ स्वर्ण, ७ रजत र १२ कांस्य जित्दै दाेस्राे स्थान हासिल गर्‍याे ।

५ स्वर्ण, ७ रजत र ५ कांस्यका साथ आयोजक फ्रेन्डसिप ‘ए’ तेस्राे स्थानमा रह्याे । 

प्रतियोगिताको पुरुषमा आयोजकका सोहन श्रेष्ठ तथा महिलामा मैजुकुमारीकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । धर्मस्थलीले उदीयमान टिमको उपाधि जित्यो भने एपिएस स्कुल अनुशासित टिमकाे उपाधि पायाे ।

विजेतालाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, टोखा नगरपालिका वडा २ का अध्यक्ष दीपकराज जोशी, गजराज मेमोरियल ट्रष्टका अध्यक्ष मनीषराज जोशी, प्रतियोगिता संयोजक सानुबाबु महर्जन, आयोजक डोजाङका प्रमुख सुसन श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा १२० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। 




 



  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १४:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया