प्रिमियर लिग : आज ६ खेल हुँदै

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार ६ खेल हुँदैछन् । आज नेपाली समय अनुसार साँझ सवा ५ बजे उल्फ्सले घरेलु मैदानमा ब्रेन्टफोर्डको समाना गर्नेछ ।

नेपाली समय अनुसार पौने आठ बजे एकैसाथ चार खेल हुनेछन् । बर्नेलीले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ । 

बर्नेली घरेलु मैदानको फाइदा उठाउँदै जित दर्ता गर्ने प्रयासमा हुनेछ । खराब लयबाट गुज्रिरहेको आर्सनल पनि आज जित निकाल्दै आफ्नो आत्मविश्वास फर्काउन चाहन्छ।

लिभरपुलले घरेलु मैदान एनफिल्डमा क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा जित हात पार्दै घरेलु टोली शीर्ष स्थानमा उक्लन चाहन्छ ।

म्यानचेस्टर सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा साउथह्यामटनको सामना गर्दा वाट्फोर्ड नर्विच भ्रमणमा निस्कने छ ।

राति सवा १० बजे हुने खेलमा एन्टन भिल्लाले एर्भटनलाई स्वागत गर्नेछ । 




 



  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १३:२२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया