हिंसाको बहस सकियो : ओली

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र सामाजिक परिवर्तनका लागि हिंसात्मक क्रान्तिको बहस अन्त्य गरिदिएको बताएका छन् ।
बहस अन्त्यसँगै हिंसात्मक क्रान्तिलाई अस्वीकार पनि गरिएको उनले बताए ।

संविधान दिवसको अवसरमा एमालेले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले संगठित रूपमा आफ्ना आकांक्षा जनताले मुखरित गरेर जनआन्दोलन भने गर्न सक्ने बताए ।

यस्तै, ओलीले संविधान निर्माणमा एमालेले नेतृत्वदायी भूमिका खेलेको पनि दाबी गरे । आगामी दिनमा संविधानको रक्षा, कार्यान्वयन र विकासमा एमालेको ध्यान जाने बताए।

हालको जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई लक्षित गर्दै ओलीले संविधान च्यात्नेले नाकाबन्दीमा सहयोग गरेको पनि आरोप लगाए । 





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १३:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया