बाबुरामप्रति सूर्यराजको टिप्पणी : जहाज हाँक्नुपर्ने कप्तान पन्चर भएको टयाम्पो धकेलिरहेका छन्

पूर्वधार विज्ञ डा. सूर्यराज आचार्यले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबारे कडा टिप्पणी गरेका छन् । 

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को  पक्षमा लेख्दै र बोल्दै आएका डा.बाबुराम भट्टराईलाई आचार्यले ‘नेपालीले जहाज हाँक्ने कप्तानको रुपमा भरोसा गरेको व्यक्तिले पन्चर भएको टयाम्पो धकेलिरहेको’ भनेर टिप्पणी गरेका हुन् ।  

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै डा. आचार्यले नेपालको आर्थिक विकासको जहाज हाँक्ने कप्तानको रूपमा आम नेपालीले भरोसा गरेका डा. भट्टराई आजकल एमसिसीको पन्चर भएको ‘बिक्रम ट्याम्पो’ धकेल्नमा व्यस्त रहेको लेखेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले समृद्ध ‘देशभक्ति’को पक्षपोषण गर्नुपर्नेमा कंगाल ‘राष्ट्रवाद’को रुपमा एमसिसी पास गर्नुपर्ने तर्क राखेको उनको आरोप छ । यस्तो विषय मुलुकका लागि विडम्बना भएको बताउँदै उनले डा. भट्टराईप्रति कडा व्यंग्य गरेका हुन् । 
 
वैदेशिक अनुदान कहिल्यै पनि फ्री नहुने बताउँदै डा. आचार्यले कुनै पनि सम्झौता राष्ट्रहितमा हुनुपर्ने कुरामा जोड दिएका छन् ।  

एमसिसीमा भएका गलत प्रावधान सच्याउनैपर्ने नत्र भोलि मुलुक गलपासोमा पर्न सक्नेतर्फ उनले सचेत गराएका छन् । 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १९:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया