सूर्यराज आचार्यले भने– म एकीकृत समाजवादीमा प्रवेश गरेको छैन

पूर्वधारविज्ञ डा‍. सूर्यराज आचार्यले आफू एकीकृत समाजवादीमा प्रवेश नगरेको प्रस्ट पारेका छन् । बिहीबार केही अनलाइनहरूले ‘डा. युवराज संग्रौला र डा. सूर्यराज आचार्य एकीकृत समाजवादी पार्टी प्रवेश’ भन्ने समाचार सरासर झुट भएको भन्दै उनले खेद प्रकट गरेका छन् । 

आफू सो पार्टीसँग सम्बद्ध युवा संगठनको आयोजनामा भएको ‘नेपालको विकासका चुनौती र अवसर’ विषयमा आयोजना भएको विचार गोष्ठीमा गएको तर पार्टी नै प्रवेश नगरेको बताएका हुन् । 

‘यस्ता प्रवचन मैले विभिन्न दल र दलसम्बद्ध संगठनमा दिँदै नै आएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विकास र पूर्वाधारबारेका सार्वजनिक चासोका मुद्दामा निरन्तर रुपमा उदारता र विनाआग्रहका साथ सबै दलका संगठन, समूह र नेताहरूलाई ब्रिफिङ र विभिन्न फोरममा संवाद गर्ने आफ्नो पेशागत दायित्वको रूपमा लिएको छु।’





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार २०:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया