सुदूरपश्चिम योजना आयोगका उपाध्यक्षले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउँदले पदबाट राजीनामा दिएका छन् ।
 
उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामा पत्र पठाएका हुन् । मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउँदै सक्कल पत्र आएपछि राजीनमाबारे छलफल गरिने जानकारी दिए ।
 
एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरिएपछि प्रदेश सरकारलाई काम गर्न सहजहोस् भनेर राजीनामा दिएको र राजीनामा पत्रको सक्कल नै कुरियरबाट पठाएको बताइएको छ । 

साउँदलाई गत पुस १३ गते प्रदेशको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १९:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया