बुढीगण्डकी राष्ट्रिय सरोकार समितिको धर्ना जारी

बुढीगण्डकी राष्ट्रिय सरोकार समितिले केही दिनयता माइतीघर मण्डलामा धर्ना दिँदै आएको छ । 

समितिले शनिबार पनि धर्नालाई निरन्तरता दिएको छ । सरोकार समितिले बुढीगण्डकी आयोजनाको निर्माण छिटो थाल्न माग गर्दै दबाबको निम्ति धर्ना दिँदै आएको हो ।

समितिले आयोजनाको मोडालिटी तयार गरी तत्काल निर्माण सुरु गर, बुढीगण्डकी आयोजनामा राजनीति बन्द गरलगायत नारा लगाएका छन् ।

समितिका संयोजक हरेराम ढकालको नेतृत्वमा भएको धर्नामा दुई दर्जनभन्दा बढीको उपस्थिति छ ।

धर्नामा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पाटीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ऐक्यबद्धता जनाएका छन् । 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार २१:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया