प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार
फाइल तस्बिर

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा उपचार जारी छ । प्रमुख शर्माको अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको हो ।

सात वर्षदेखि मुटु सम्बन्धी समस्या भई उपचाररत प्रमुख शर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत असोज ४ गतेबाट गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको थियो ।

उपचारका क्रममा प्रदेश प्रमुखको स्वास्थ्य अवस्था थप जटिल बन्न पुगेपछि उनको थप उपचारका लागि शनिबार उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको थियो । 

शर्माको उपचारमा संलग्न डाक्टरको सल्लाहमा आज बिहानबाट मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको स्वकीय उपसचिव पारशमणि फुयालले बताए ।

 ‘हिजो दिनभर प्रमुखको मुटुको चाल नै बन्द भई स्वास्थ्य अवस्था जटिल जस्तै बनेको थियो । आजबाट सुधार भएको छ,’ स्वकीय उपसचिव फुयालले भने ।

उनका अनुसार प्रमुख शर्माको अहिले डाक्टर सूर्य देवकोटाको टिमले उपचार गरिरहेको छ । 





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १८:३३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया