धनगढी सुत्केरी मृत्यु प्रक्ररण : मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन
शव अझै उठेन

धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएकी कल्पना सिहं मल्ललाई न्यायको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। 

धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीका विद्यार्थीहरुले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। 

‘कल्पनालाई न्याय दे’, ‘अस्पताल प्रशासन मुर्दावाद’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘मान्छे मार्न पाईदैन’ जस्ता नारासहित उनीहरुले आधा घण्टा सडक नै जाम गरे । 

अस्पतालमा मत्युवरण गरेको तीन दिन पुग्दा पनि शव अझैसम्म उठ्न सकेको छैन । सुत्केरी व्यथा सुरु भएपछि उनलाई शनिबार बिहान १० बजे अस्पताल पुर्‍याइएको थियो । दिनभर सुत्केरी हुन संघर्ष गरेकी उनको गर्भमा रहेको शिशुलाई राति ११ बजेर ४४ मिनेटमा निकालिएको थियो । 

राति भ्याकुम प्रयोग गरेर उनको गर्भमा रहेको शिशु निकालिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको थियो ।

तर आफन्तले भने आफूहरुलाई जानकारी नदिएर भ्याकुम प्रयोग गरेको बताइरहेका छन् । आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै मृतकको शव नउठाउने बताइरहेका छन् । 



आफन्तले दोषीलाई कारबाही नगरुञ्जेल शव नउठाउने अडान लिँदै आएपछि अस्पताललाई सुरक्षा घेरामा राखिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अस्पताललाई सुरक्षा दिइरहेको छ । 

शिशुलाई अस्पतालकै एनआइसियूमा राखिएको छ । अस्पताल सञ्चालक योगेन्द्र ओझाले मृतकका आफन्तले उठाएको मागमा आफूहरु सहमत भएपनि शव नउठाइएको बताए ।



  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १३:१७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया