दुर्घटनाबाट बचेको बुद्ध एयरको जहाज कति पुरानो ?

सोमबार बुद्ध एयरको विराटनगर उडेको जहाजको  ‘ल्यान्डिङ गियर प्राइमरी इन्डिकेटर’मा समस्या देखिएपछि अथक प्रयासपछि त्रिभुवन विमानस्थलमा पुनः अवतरण गराइएको थियो । पाइलट आङगेलु शेर्पाले करिब दुई घण्टासम्म आकाशमा जहाज होल्ड गरेर अन्ततः सुरक्षित रुपमा ७७ जनालाई अवतरण गराएका थिए ।
 
सो जहाज कति वर्ष पुरानो हो भन्ने विषय आम जनचासोको विषय बनेको छ । सोमबार विराटनगरबाट फर्किएको जहाजको दर्ता नम्बर ९ एन–एएनआइ रहेको छ । उडान नम्बर यु ४–७०१ रहेको ७२ सिट क्षमतायुक्त ‘एटिआर ७२–५००’ सिरिजको हो ।
 
यो जहाज नेपालमा २०१९ मा ल्याएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । एटिआरले पहिलोपटक अप्रिल १५, २०१९ देखि काठमाडौं–विराटनगर उडान भरेको थियो ।

सन् २००७ मा बनेको यो जहाज एक अर्ब रुपैयाँमा बुद्ध एयरले खरिद गरेको थियो । सो जहाज यसअघि एयर टाहिटीले उडान गर्दै आएको प्राधिकरणले जानकारी दिएको छ । १५ वर्ष पुरानो जहाज एयर टाहिटीले पुनः एटिआर कम्पनीलाई बिक्री गरेपछि बुद्ध एयरले एटिआर कम्पनीसँगै उक्त जहाज खरिद गरेको थियो । एयर टाहिटीले फ्रान्सको आकाशमा १२ वर्ष उडान भरिसकेको छ ।
  
युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए)द्वारा जहाज उडानयोग्य प्रमाणित भएपछि बुद्ध एयरले २०१९ मा किनेको हो । टाइपीले एटिआरलाई बिक्री गरिसकेपछि यो जहाज एटिआरले मर्मत गरेर बुद्ध एयरलाई दिएको थियो ।
 
यस्तै, सोमबार पोखरा उडेको बुद्ध एयरको जहाजमा पनि समस्या देखिएको थियो । जहाजको ककपिटमा अचनाक धुवाँ देखिएपछि पोखरामा ल्यान्डिङ नगरी काठमाडौं फर्किएको थियो । 

बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाजको ककपिटमा धुवाँ देखिएपछि काठमाडौं ल्यान्डिङ गरिएको थियो । सो जहाज पनि २०१९ मा नै नेपाल भित्र्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सो जहाज १७ वर्ष पुरानो हो ।





  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १७:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया