दसैं तिहारमा सिभिल मलमा सपिङ गर्दा बाइक उपहार

सिभिल मलले दसैं तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर आकर्षक उपहारहरू घोषणा गरेको छ । जसअन्तगर्त टिभिएस अपाचे आरटिआर १६० २ भी बाइक, एलजी र सिजीका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरू छन् ।

मलले एक हजार रुपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो ।

मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २ भी  बाइक पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए । त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट १० हजार रुपैयाँको नगद भौचर प्रदान गरिने पनि ठकुरीले जानकारी दिए ।

असोज १२ देखि मङ्सिर ४ सम्म चल्ने अफरमा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जोडीलाई कल्चर रिसोर्टमा २ रात ३ दिनको बसाइँसहित पोखरा राउन्ड ट्रिपको पनि व्यवस्था रहेको छ । सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउनेछन् ।

त्यस्तै सिभिल मलको सामाजिक संजालमा फलो गरेर पनि टिभिएस स्कुटर जित्न सकिनेछ । सिभिल मलको फेसबुक पेज लाइक, इन्स्टाग्राम फलो र युट्युब सस्ब्सक्राइब गर्नेमध्ये एक जनाले टिभिएस एनटिओआरक्यू स्कुटर जित्न सकिने ठकुरीले बताए ।

मलले एक हजार रुपैयाँ वा सोभन्दा माथिको खरिदमा उपभोक्तालाई कुपन दिनेछ । लक्की ड्रको विजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ ।



सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर  मल सञ्चालनमा ल्याएको हो ।



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १५:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया