राष्ट्रपतिसमक्ष चार देशका राजदूतले प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमास हाइनरिस प्रिन्च, तोरुन ड्रामदाल र जिल बुरबाओले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा‍. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १८:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया