कांग्रेस क्रियाशील सदस्यको सूचीमै अटाएनन् पूर्वमन्त्री ओझा

नेपाली कांग्रेसले पूर्व राज्यमन्त्री तथा नेता पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यबाट हटाइएको छ । ढिलो गरी अन्तिम नामावली प्रकाशन गरेको सूचीमा कैलाली क्षेत्र नम्बर–५ बाट २०७० मा संविधान सभा सदस्य बनेका ओझाको नाम हटाइएको हो । 

उनले २०७४ को निर्वाचनमा ‘नो भोट’ भन्दै आफूले मतदान गरेका थिएनन् । पार्टीको निर्णयमा असन्तुष्ट बनेका ओझा निर्वाचनमा शेरबहादुर देवा पत्नी आरजु राणाको प्रचारमा गएका थिएनन् । कैलाली ५ बाट तत्कालिन नेकपाका उम्मेदवार नारदमुनि राना विजयी भए । त्यसपछि आरजुलाई चुनाव हराउन नेकपालाई सहयोग गरेको आरोप ओझालाई लागेको थियो । 

०७७ साउनमा उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको थियो । ०७४ को निर्वाचनदेखि नै उनी राजनीतिमा निस्क्रिय जस्तै भए । उनी निकट नेता कार्यकर्ताले समयसमयमा गुट भेला गरे तर ती भेलामा पनि ओझाको उपस्थिति रहेन । अहिले उनी धनगढीस्थित आफ्नै निवासमा रहेका छन् ।  

ढिलो गरी अन्तिम नामावली प्रकाशन गरेको लिस्टमा कैलाली क्षेत्र नम्बर–५ बाट २०७० मा संविधान सभा सदस्य बनेका  ओझाको नाम हटेको हो । ओझा​ले २०७४ को निर्वाचनमा भने ‘नो भोट’ भन्दै आफूले मतदान गरेका थिएनन् ।

पार्टीको निर्णयमा असन्तुष्ट बनेका ओझा निर्वाचनमा आरजु​को प्रचारमा गएका थिएनन् । कैलाली ५ बाट तत्कालिन नेकपाका उम्मेदवार नारदमुनि राना विजयी भए । त्यसपछि आरजुलाई चुनाव हराउन नेकपालाई सहयोग गरेको आरोप ओझालाई लागेको थियो । ०७७ साउनमा उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको थियो । 

०७४ को निर्वाचनदेखि नै उनी राजनीतिमा निस्क्रिय जस्तै भए । उनी निकट नेता कार्यकर्ताले समयसमयमा गुट भेला गरे तर ती भेलामा पनि ओझाको उपस्थिती रहेन । अहिले उनी धनगढी स्थित आफ्नै निवासमा रहेका छन् ।



कैलाली क्षेत्र नम्बर–५ को प्रदेश सभा क्षेत्र २ अन्तर्गत धनगढी–५ बाट कांग्रेसले ३ सय ३३ जना क्रियाशील सदस्यको नामावली सार्वजनिक गरे पनि ओझाको नाम सूचीमा छैन । 

उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको १४ महिना पुगिसकेको छ । २०७० सालको उपनिर्वाचनमा विजयी भएका ओझा त्यसपछि ०७४ सालको निर्वाचनमा शेरबहादुर देउवाले टिकट नदिएपछि रुष्ट भएका थिए । कैलाली ५ मा देउवा पत्नी आरजु​लाई टिकट दिइयो ।



नेता ओझा कांग्रेसले निष्कासन गरेपछि अहिले आफू राजनीतिक गतिविधिमा संग्लन नरहेको बताएका छन् । उनले भने, ‘अहिले म कुनै राजनीतिक दलमा छैन, दलमा नभएपछि राजनीतिक गतिविधिमा हुने कुरा भएन ।’ पार्टीबाट निष्कासन भएपछि सदस्यता नवीकरणको प्रक्रियामै नगएको ओझाले बताए ।

२०३४ सालमा कक्षा ८ मा त्रिनगर माध्यमिक विद्यालय धनगढीमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको राजनीतिबाट सक्रिय भएका ओझा २०५६ मा निर्वाचित भए । निर्वाचितपछि उनी त्यही बेला सूचना तथा सञ्चार राज्यमन्त्री बनेका थिए ।  

‘म बुबाकै कारण कांग्रेस बनेँ । हामीले त्यतिबेला दलविहीन पञ्चायती व्यवस्थालाई फालेर दलीय व्यवस्था ल्याउन लाग्यौँ, अहिले आएर जुन दलमा लागेको थिएँ त्यही दलले दलविहीन बनाइदियो,’ उनले भने । 

  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १३:८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया