बिमा समितिको निर्देशनप्रति इपानको आपत्ति

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इपान०ले बिमा समितिले जलविद्युत् आयोजनाको सम्बन्धमा गरिएको पछिल्लो व्यवस्थाप्रति आपत्ति जनाएको छ । 

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार केही निर्जीवन बिमा कम्पनीको प्रभावमा परी निर्देशन जारी हुनु गलत छ । गत असार १ गते गण्डकी र वाग्मती प्रदेशका केही नदी बेसिन करिडोरका आयोजनामा पुगेका क्षतिको क्षतिपूर्ति दिनुको साटो गलत मनसाय राखेर ऊर्जा उद्यमीलाई दुःख दिन खोजिएको इपानको भनाइ छ ।
    
 बिमा समितिले पूरा क्षतिपूर्ति गराउन पहल गर्नुपर्नेमा उल्टै बिमा रकममा गरिएको वृद्धि आफूहरुलाई मान्य नभएको इपानको भनाइ छ । गत असार पहिलो साताको बाढीका कारण क्षति पुगेका आयोजनालाई बढी क्षतिपूर्ति दिनुपर्यो भन्ने मान्यता राखेर जलविद्युत् आयोजनाप्रति गरिएको व्यवहार आफैँमा मिल्दो नभएको अध्यक्ष आचार्यको भनाइ छ ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार २१:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया