नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा बुढानीलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् ।
सभापति पदका प्रत्यासीमध्ये राजाराम बुढाथोकीले १५५, राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत ल्याएका थिए ।
सभापतिमा निर्वाचित बुढाथोकी नेता गगन थापानिकटका हुन् ।
त्यस्तै, उपसभापतिमा सानुकान श्रेष्ठ र शम्भु कार्की, सचिवमा विजेन्द्र पुडासैनी र विजेन्द्र श्रेष्ठ, सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।