जब नायिकाको भित्री बस्त्रले दर्शक चिहाए...

शरीरमा लगाएको कपडाले न्यानो प्रदान गर्छ । मानिसको लाज छोप्छ । तर पहिरनले नछोपिएको इज्जतको थुप्रै उदाहरण भेटिन्छन् ।

विशेष गरी सार्वजनिक कार्यक्रमहरुमा हाम्रा अभिनेत्रीहरुको इज्जत पहिरनले छोप्न सक्दैन । कार्यक्रमहरुमा आफ्नो संवेदनशील अंग प्रदर्शन गरेर सबैको ध्यान आफूतिर आकर्षित गर्न खोज्छन् । 

पहिरनबाट भित्री वस्त्र वा संवेदनशील अंग देखाउने रबैयालाई ग्ल्यामरको दुनियाँमा ‘वार्डरोब मालफंसन’ भनिन्छ । धेरै विदेशी नायिकाहरु वार्डरोब मालफंसनको शिकार भएर बद्नाम भएका छन् । नेपालमा पनि बेलाबेला नायिकाहरु ‘वार्डरोब मालफंसन’ को शिकार बनेका छन् । 

केही वर्षअघि मिस नर्समा सहभागी हुन गएकी बेनिशा हमालको भित्री बस्त्रले दर्शकलाई चिहायो । आफ्नो भित्री बस्त्रले दर्शक जिस्काएको बेनिशाले पत्तो पाइनन् । यही घटनाले शालीन अभिनेत्रीको छवि बनाएकी बेनिशाको शाख धमिलियो । 

अर्की अभिनेत्री रञ्जना शर्माले एक भिडियो अन्तर्वार्तामा निर्धक्क अन्डरवेयर देखाइन् । उनले करिब १० मिनेट लामो अन्तर्वार्तामा आफ्नो पहिरनले लाज नछोपेको उनले राम्रोसँग चाल पाएकी थिइन् । यो कुराले उनलाई त्यसताका गर्व महसुस भयो । लामो समयसम्म उनको अन्डरवेयरको चर्चा भइरह्यो । 

केही वर्षअघिको मंसिरमा अभिनेत्री शिल्पा पोखरेललाई पनि भित्री बस्त्रले जिस्कायो । मंसिरको चिसोमा आफूलाई हर्ट बनाउन स्कर्ट लगाएर पत्रकार सम्मेलनमा पुगिन् । शिल्पाको भित्री बस्त्रले उक्त पत्रकार सम्मेलनलाई छायाँमा पार्‍यो । शिल्पाको भित्री वस्त्र देखिएको फोटो भाइरल भयो । 



‘फेसन कन्सस’ मानिने नायिका करिश्मा मानन्धर पनि केहि वर्षअघि कुपन्डोलस्थित एक डान्स सेन्टर उद्घाटन गर्न पुग्दा कालो स्कर्टभित्रको पहिरनमा क्यामेराको फ्रेममा कैद भएकी थिइन् ।

बक्स अफिस अवार्डको नोमिनेसनमा झरना थापा त्यस्तै वार्डरोब मालफंसनबाट गु्रजिइन् । अभिनेत्री पूजनाले मुम्बईमा कम्मर मर्काउँदै गर्दा वान पिस फर्कियो । उनले आफ्नो भित्री बस्त्र देखिएको भेउ पाइनन् । फोटो भाइरल भएपछि बस्त्र मिलाएर फोटो नमेटिने तथ्यसँग उनी जानकार भइन् । मलेसियामा नृत्य देखाउँदा सुष्मा कार्कीको गुलाबी वान पिसभित्रबाट खैरो वस्त्र देखिएको फोटो भाइरल भएको थियो ।  



अभिनेत्री प्रियंका कार्कीले त आफ्नो अन्डरवेयर देखिएको तस्बिर खिच्ने फोटो पत्रकारलाई एक समय अभद्र स्टाटस समेत लेखिन् । चलचित्र नाई नभन्नु ल–२ को सक्सेस पार्टीमा पुगेकी प्रियंकाले आफ्नो अन्डरवेयर फोटोपत्रकारको निशानामा परेको थाहा पाइनन् । मोबाइलमा मस्त कार्कीले फोटो भाइरल भएपछि स्टाटस लेखिन् । उनको स्टाटसलाई लिएर पत्रकार महासंघमा मुद्दा प¥यो । पछि माफी मागिन् । 
 

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १२:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया