के सत्य बोलेरै विवादमा आएकी हुन् नम्रता ?

आफूले दिएको अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने अभिनेत्री मध्येकी एक हुन्– नम्रता सापकोटा । पछिल्लोपटक उनले ‘बिहे नगरी बच्चा जन्माउन मन लागेको’ बताएकी थिइन् । उनको यो अभिव्यक्तिलाई लिएर निकै विवाद र चर्चा भएको थियो ।

अघिल्लो वर्ष पनि नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ रहेको बताएपछि उनको निकै चर्चा भएको थियो । उनै अभिनेत्री नम्रताले विवाद आफूले नचाहेको बताएकी छिन् ।

राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सञ्चारकर्मीले ‘केही समयदेखि विवाद नहुँदा खसखस भएको छैन ?’ भन्ने प्रश्न तेस्र्याए । सोही प्रश्नको जवाफमा नम्रताले विवाद आफ्नो चाहना नभएको बताएकी हुन् ।

उनले भनिन्, ‘कुनै पनि विवाद मैले चाहेर निम्त्याएको होइन । मैले सत्य बोलेको हुन्छु । तर, सत्य बोल्दा विवाद हुने रहेछ ।’





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १८:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया