शाहरुखका छोरा पक्राउपछि सान्त्वना दिन गए सलमान

लागुपदार्थ प्रकरणमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानलाई समर्थन गर्न अभिनेता सलमान खान शाहरुखको बंगला मन्नत पुगेका छन् । 

दुई साथी अर्बाज मर्चेन्ट र मुनमुन धामेचासँगै लागुपदार्थ प्रकरणमा पक्राउ परेका आर्यनलाई जमानतमा छुटाउनका लागि उनका वकिलले आवेदन दिने भएका छन् । 

अष्ट्रियामा आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङ सक्काएर केही दिनअघि मात्र भारत फर्किएका सलमान अचानक शाहरुखको घरमा पुगेको इन्डिया टुडेले जनाएको छ। 

सलमान शाहरुखलाई समर्थन गर्न उनको घर गएका हुन्। सलमानको अपार्टमेन्ट मन्नतभन्दा केही दुरी मात्र टाढा पर्छ। 

सलमान र शाहरुखले आगामी दुई फिल्ममा सहकार्य गर्दै छन् । सलमानको फिल्म ‘टाइगर ३’मा शाहरुखले र शाहरुखको नयाँ फिल्म ‘पठान’मा सलमानले काम गर्ने बलिउडमा चर्चा छ । 

यसअघि मनमुटावका कारण बोलचालसमेत नभएका सलमान र शाहरुखको मित्रता केही वर्ष यतादेखि गहिरो हुन थालेको छ । 





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार २१:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया