कोकाकोलाको ‘सस्टेनेबिलिटी हाइलाइट्स’ रिपोर्ट सार्वजनिक

कोकाकोलाले नेपालमा पहिलो पटक आफ्नो ‘सस्टेनेबिलिटी हाइलाइट्स’ रिपोर्ट जारी गरेको छ । यो रिपोर्टले सन् २०२० मा  समावेशी, दिगो र उज्ज्वल भविष्यको लागि कम्पनीको प्रयासलाई दर्शाएको कम्पनीले बताएको छ ।

रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड-१९ को बेलाको प्रतिक्रियासहितको रिपोर्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारी सामेल रहेका छन् ।

‘जसरी कोकाकोलाले आफ्नो दशकको कार्यलाई सम्पन्न गर्दै गइरहेको छ, यसले संयुक्त राष्ट्रसँगको १७ वटा दिगो विकास लक्ष्यहरूलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको छ,’ कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नेपालमा कोकाकोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले १९७३ देखि कोकाकोला हरेक नेपालीहरूको रिफ्रेसमेन्टको पहिलो रोजाइ बनेको बताए ।   

४० औँ वर्षभन्दा बढी समयदेखि कम्युनिटी ड्रिभन, कस्टोमर फोकस्ड रहेको साथै सबैका लागि लाभदायक रहने दिगो व्यवसायको निर्माण गर्नको लागि प्रयास गरिरहेको बताइएको छ । 





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १८:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया