प्रदेशको नाम यही बैठकबाट टुंग्याऔं : सांसद महतो

नेकपा (एकीकृत समाजवादी)का सांसद शत्रुधन महतोले चुरे संरक्षणका मापदण्ड बनाउनुपर्ने बताएका छन् ।

प्रदेश संसद बैठकमा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

महताेले चुरे संरक्षणका मापदण्ड समयमा बन्न नसके गम्भीर खतराको स्थिति निम्तिने चेतावनी पनि दिए । उनले प्रत्येक वर्ष डुबान र बाढीको समस्या चुरे दोहनकै कारण भएकोमा जाेड दिए। 

स्थानीय तहहरूले आफूखुसी ठेक्का लगाएर ढुंगा, गिटी, बालुवा उत्खनन् गराउने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने उनले औंल्याएका छन् ।

यसैगरी उनले प्रदेश सरकारले चुरे संरक्षणलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए ।

यस्तै, उनले प्रदेशको नामाङ्कन पनि टुंग्याउनुपर्ने बताएका छन् । सातौं अधिवेशनबाटै नाम टुंग्याए जनताले राम्रो भन्ने उनको भनाइ छ । 



फरक प्रसङ्गमा, सांसद महतोले प्रदेश मन्त्रालयबाट पालिकामा जाने बजेटमा हाकाहाकी पैसा माग्ने गरेको आरोप लगाएका छन् ।
 



  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १४:१६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया