पूर्वक्रिकेटर सचिन तेन्दुलकरको नाम पनि पेन्डोरा पेपर्समा

भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकर र उनको परिवारको नाम पनि पेन्डोरा पेपर्समा पाइएको छ । पेन्डोरा पेपर्समा ३०० भन्दाबढी भारतीय नागरिकको नाम परेको छ । 

भारतमा स्वच्छ छवि बनाएका सचिन, उनकी पत्नी अञ्जली तेन्दुलकर लगायत परिवारका केही सदस्यहरुको नाम पेन्डोरा पेपर्समा छ । 

उनीहरु ब्रिटिस भर्जिनिया आइसल्यान्ड स्थित एक संस्थाको सेयर होल्डर तथा सञ्चालक समितिमा रहेको पेन्डोरा पेपर्समा उल्लेख छ । यो संस्था सन् २०१६ मा स्थापना भएको थियो । 

सचिन तेन्दुलकर फाउन्डेसनका सिइओले भने यी सबै लगानी वैधानिक रहेको दाबी गरेका छन् । 

भारतीय सरकारले केन्द्रीय प्रत्यक्ष कर बोर्डका अध्यक्ष जेबी माहापात्राको नेतृत्वमा यस विषयको छानबिनका लागि समिति बनाएको छ । 





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार १६:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया