घटस्थापनामा मनोजको ‘एक’ उपहार

नेपाली कथानक चलचित्र ‘एक’ रिलिज भएको छ । मनोज पण्डितले निर्देशन गरेको यो चलचित्र वडा दसैँको पहिलो दिन न रिलिज गरिएको हो । 

यो चलचित्र हलमा नभएर डिजिटल प्लेटफर्म ओटिटीमार्फत रिलिज गरिएको हो । दसैँ बिदामा घर बसेका दर्शकले परिवार घरमै बसेर फिल्म हेर्ने देखेर आफूले फिल्म ओटिटीमार्फत रिलिज गरेको चलचित्रका निर्देशक बताए । फिल्म रिलिजका लागि अहिले ओटिटी प्लेटफर्म राम्रो रहेको पण्डितको भनाइ छ ।

ओटिटीमार्फत यो फिल्म हेर्नका लागि सिनेमाघर एप्लिकेशन, डिसहोम, नेट टिभी, भए टिभी, म्याक्स टिभी र ओहो मुभिजमा शुल्क तिर्नुपर्नेछ । 

चलचित्रले राजनीतिमार्फत देश टुक्रयाउन लागि परेको शक्तिविरुद्धको कथा उठान गरेको छ । मनोजले यो चलचित्रमार्फत ‘सीएसआई’ नामक एउटा जासुसी निकायको परिकल्पना गरेका छन् ।

चलचित्रमा विशाल पोखरेल, ज्योत्सना योगी, प्रमोद अग्रहरी लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । निर्देशक पण्डितकै कथा रहेको यो चलचित्रमा आत्मा गुरागाइँ र सोफिया थापाले लगानी गरेका छन् । 

विशाल पोखरेल, ज्योत्सना योगी, प्रमोद अग्रहरिलगायतको मुख्य भूमिका रहेको फिल्ममा निर्देशक पण्डितकै कथा रहेको छ । आत्मा गुरागाईं र सोफी थापा निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायाँकन, भरतमणि रेग्मीको सम्पादन र प्रमोद खड्काको द्वन्द्व निर्देशन छ । 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १५:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया