मन्त्रिपरिषद बिस्तारअघि राष्ट्रपति भेट्न पुगे देउवा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका देउवा त्यसअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् । 

बालुवाटार स्रोतका अनुसार देउवा केहीबेरअघि शीतलनिवास पुगेका हुन् । उनको यो भेटलाई नियमित भनिएको छ । 

सत्ता गठबन्धनमा लामो समयको अन्यौलतापछि बल्ल मन्त्रालय भागवण्डाको कुरा मिलेको छ । यद्यपी कांग्रेसले अहिलेसम्म को-को मन्त्री बनाउने भन्नेबारे टुंगो लगाउन सकेको छैन । 

माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाइसकेको छ । नेकपा एकीकृत समाजवादीले पनि मन्त्रीको नाम टुंगो लगाइसकेको छ । कांग्रेस र जसपाका नेताहरु समेटेर आजै मन्त्रिपरिषद विस्तार हुने बताइएको छ ।





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार ११:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया