प्रधानन्यायाधीशको कोटामा गजेन्द्र हमाललाई उद्योगमन्त्रीको शपथ खुवाइँदै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाइएको छ । स्रोतका अनुसार उनी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । 

आजै राष्ट्रपति कार्यालयमा शपथ ग्रहणका लागि समय तोकिएको छ ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । उनले राष्ट्रपति भण्डारीलाई पठाएका मन्त्रीहरूको सूचीमा हमालको पनि नाम समाविष्ट छ । 

हमाललाई न्यायालयको भागमा मन्त्री बनाउन लागिएको भन्दै केही दिनदेखि आलोचना भइरहेको छ ।





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १५:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया