हमाललाई मन्त्री बनाएपछि गगन थापाको प्रश्न,- कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने थाहा छैन

गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएकोप्रति कांग्रेस नेता गगन थापाले आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ? भन्दै प्रश्न गरेका छन् । 

लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेर मात्र नपुग्ने उनको तर्क छ । त्यसरी गरिने निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउने उनको भनाइ छ । 

त्यसरी अगाडि बढ्न नसकेको खण्डमा कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्त कालसम्म लखेट्छ भन्ने हेक्का राख्न समेत अनुरोध गरेका छन् । 

शुक्रबार विस्तार गरिएको मन्त्रिपरिषद्मा हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । संघीय संसद्का सदस्य समेत नरहेका हमाललाई मन्त्री बनाएकोप्रति चौतर्फी आलोचना भइरहेको छ । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको जेठान समेत रहेका हमाल नेपाली कांग्रेसका नेता हुन् । अब उनलाई ६ महिनाभित्रमा संघीय संसद्को सदस्य बनाइ सक्नुपर्छ । 





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १३:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया