राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कात्तिक ४ देखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसलाई १० समूहमा विभाजन गरिएको छ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका सम्पूर्ण खेल सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । छनोटको फाइनल पुग्ने टोलीले महिला राष्ट्रिय लिगमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । 

सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०÷२० हजार पाउने छन् । प्रतियोगितामा हरेक दिन ३ खेल हुनेछ । 



छनोटको पहिलो दिन कात्तिक ४ गते हुने उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । 

सोही दिन हुने दोस्रो खेल कन्काई नगरपालिका र गोदावरी नगरपालिकाबीच हुनेछ । तेस्रो खेलमा कालिका नगरपालिकाले ललितपुर महानगरपालिकाको सामना गर्नेछ । 



  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार ११:१७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया