बुटबल घटनाको एमालेले गर्यो भत्र्सना, भन्यो– घाइते सुकुम्बासीको निशुल्क उपचार र मृतक परिवारलाई तत्काल क्षतिपूर्ति देउ​

राष्ट्रियसभाको सोमवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । 

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले वर्तमान गठबन्धनमा सहभागी दलहरुले अघिल्लो सरकारविरुद्ध गैर राजनीतिक र कुर्सी मोहका कारण मुद्दा दायर गरेको आरोप लगाए । 

दशैँको मुखमा आम नागरिकमाथि गोली प्रहार भएको बताउँदै सरकारले सुकुम्बासीमाथि दमन गरेको बताए । 

दशैँको मुखमा ४ जनाको हत्या हुनुलाई दुखद् बताउँदै उनले तत्काल पीडितलाई क्षतिपूर्ति र न्याय दिनुपर्ने जनाए । 

‘रुपन्देहीमा दशैँको मुखमा आएर भएको घटना दुःखदायी छ । सुकुम्बासी र भूमीहीनको व्यवस्थापन नगरी दशैँको मुखमा गोली प्रहार भएको छ । यो दशैँलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गर्नुभएको छ । दशैँको मुखमा चार जनाको हत्या हुनु दुखद् छ । १८ जना घाइतेको उपचार र मृतक परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्छ । घटनाको म भत्र्सना गर्दछु,’ प्रमुख सचेतक भट्टराईले भने। 

उनले अगाडि भने, ‘गृहमन्त्रीले आफ्नो जिल्लामा भएको घटना कुन मुखले हेर्नुहुन्छ ? सुकुम्बासी हुन कसैलाई रहर हुन्छ, कोही रहरले सुकुम्बासी हुन्छ र ? अरूका लागि दशैँ आएको छ तर सुकुम्बासीको लागि दशा आयो, दशा निम्त्याउने काम यो सरकारले गर्यो ।’ 



प्रधानमन्त्री शेरबहादुर देउवाले बूढानीलकण्ठबाट बालुवाटार आएर सुत्नेबाहेक अन्य कुनै काम नगरेको उने बताए ।



  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १७:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया