समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध

धनगढी विमानस्थल अवरुद्ध भएको छ । धनगढी विमानस्थलबाट बाजुरा जाने समिट एयरको जहाजमा समस्या आएपछि विमानस्थल अवरुद्ध हुन पुगको हो । 

समिट एयरको जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए । 

धनगढी बाट बाजुराका लागि दिउँसो ३ बजे समिट एयरको टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ । सो विमानका कारण यहाँबाट काठमाडौंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन । 

समिट एयरको जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताए । 

सो जहाज उड्न नसकेपछि काठमाडौंबाट धनगढी आउने बुद्ध एयरको जहाजको उडान पनि प्रभावित बन्न पुग्यो ।





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १९:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया