मुगु बस दुर्घटनामा मृत्यु हुनेका परिवारलाई एक लाख दिने सरकारको घोषणा

सरकारले गत साता मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको परिवारलाई एक–एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 

सरकारले मृतकका परिवारलाई प्रति मृतक २५ हजार रुपैयाँ किरिया खर्च दिने समेत निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । 

‘मृतकका परिवारहरुलाई नेपाल सरकारको तर्फबाट प्रति मृतक २५ हजार किरिया खर्च र एक लाख आर्थिक सहायता उपलब्ध गराउन र घाइतेहरुको उपचार खर्च बापतको रकम भुक्तानीको व्यवस्था मिलाउने गरी प्रक्रिया आरम्भ गरिएको व्यहोरा जानकारी गराइन्छ,’ गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यही असोज २६ गते नेपालगन्जबाट मुगु गमगढी तर्फ गइरहेको भे १ ख ३१६७ नम्बरको बस मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७ तपने खोलामा दुर्घटना भएको थियो । 

दुर्घटना हुँदा घटनास्थलमा २८ जना र उपचारको क्रममा अन्य ४ जना गरी कूल ३२ जनाको मृत्यु भएको थियो । 

उक्त घटनामा १३ जना घाइतेहरुको नेपाली सेनाको हेलिकप्टर तथा समिट एयरको जहाजबाट उद्धार गरी नेपालगन्ज लगिएको थियो, जहाँ अहिले उनीहरु उपचारत छन् । 





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार २१:१०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया