लगाएकी थिइनन् भ्याक्सिन पूजा वेदीले, भइन् कोरोना संक्रमित

कोरोनाभाइरसको कहर अब विस्तारै भारतमा पनि कम हुँदै गएको छ । तर, कोरोनाभाइरस संक्रमितको संख्या शून्यमा नै झरेको चाहिँ होइन । यहीबीच भारतीय अभिनेत्री पूजा बेदी पनि कोरोना संक्रमित भएकी छिन् । उनले आफैंले सामाजिक सन्जालमा यसबारे जानकारी दिएकी हुन् ।

उनले आफूलाई सुरुमा ज्वरो आएको र कोरोना परीक्षण गर्दा पोजेटिभ आएको बताएकी छिन् ।

उनले सुरुमा आफ्नो घाँटीमा पनि समस्या देखिएको बताएकी छिन् । पछिल्लो केही समयदेखि एलर्जी भएको र ज्वरो आएको उनले सामाजिक सन्जालमा उल्लेख गरेकी छिन् ।

यसअघि पूजाले आफूले कोरोनाभाइरस भ्याक्सिन नलगाउने पनि बताएकी छिन् । 

उनले प्राकृतिक रुपमा आफूमा रोगसँग लड्ने क्षमता बढोस् भन्नेन उद्देश्यले कोरोनाभाइरस भ्याक्सिन नलगाउनले निर्णय गरेको बताएकी हुन् । अनि भ्याक्सिन नलगाउने निर्णय गर्दा उनले यसलाई आफ्नो निजी फैसला भनेकी थिइन् ।

अहिले कोरोनाभाइरस संक्रमितभ भए पछि चाहिँ उनले मानिसहरुले आफूलाई जे ठिक लाग्छ, त्यही गर्नु पर्ने बताएकी छिन् ।





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार ११:७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया