पावेलको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।

पावेलको आज ८४ वर्षको उमेरमा मृत्यु भएको थियो । क्यान्सरका विरामी पावेललाई कोरोना भाइरसको संक्रमण भएपछि मृत्यु भएको थियो ।

‘अमेरिकी पूर्वविदेशमन्त्री जनरल कोलिन पावेलको निधनको खबरले म अत्यन्त दुःख भएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्, ‘मलाई उहाँसँग सन् २००२ मा नेपाल र अमेरिकामा भेटको सम्झना छ ।’ 

पावेलले सन् २००२ मा अमेरिकी विदेशमन्त्रीको रुपमा नेपालको भ्रमण गरेका थिए जतिबेला शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री रहेका थिए । विदेशमन्त्री रहँदा नेपालको भ्रमण गर्ने पावेल पहिलो अमेरिकी विदेशमन्त्री हुन् । 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार २२:१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया