भारतमा अर्की एक अभिनेत्री पक्राउ

भारतमा बिग बोस कार्यक्रमबाट चर्चाको शिखरमा आएकी युविका चौधरीलाई हरियाणा प्रहरीले सोमबार गिरफ्तार गरेको छ । युविकाले एक भिडियोमा जातिगत विषयमा टिप्पणी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

सोमबार गिरफ्तार गरेपछि प्रहरीले युविकासँग तीन घन्टा लामो सोधपुछ गरेको छ ।

अभिनेत्री चौधरीले प्रहरीका प्रश्नमा जवाफ दिएकाले यसबारे थप अनुसन्धान गर्नका लागि उनलाई प्रहरीले अन्तरिम आदेशमा पनि छोडेको छ ।

अब उनीबारे यस विषयमा सुनुवाई २४ नोभेम्बरमा हरियाणाको उच्च अदालतमा हुने भएको छ ।





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार ९:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया