बाढीले बगाइरहेको धानबाली जोगाउन किसानलाई हम्मेहम्मे

तीन देखि सुदूरपश्चिममा लगातार परिरहेको बर्षाका कारण सबै भन्दा बढी किसानहरू मारमा परेका छन् । मौसममा आएको परिवर्तनका कारण शनिवार रातिदेखि परिरहेको लगातारको बर्षाले किसानहरुलाई ठूलो पीडा थपेको छ । 

मानो रोपेर मुरी फलाउने आशामा असारको महिनामा घाम पानी नभनेर खेतमा रोपेको धानबाली भित्र्याउने समयमा आएर बाढीले बगाउन थालेपछि किसानहरू मारमा परेका हुन् । 

तेस्रो दिन पनि वर्षा नरोकिएपछि खेतमा बगिरहेको धानबाली जोगाउने प्रयासमा किसानहरू जुटेका छन् ।

काटेर सुकाएको धानबाली सबै बगाएर लैजान थालेपछि बचाउन सकिन्छ कि भनेर गोदावरी नगरपालिकाका किसानहरू दुई दिनदेखि रुझीरुझी खेतमा काम गरिरहेका छन् । 

कैलालीको गोदावरी नगरपालिका–२ तेघरीकी जानकी बिकले पाकेर लटरम्म भएको धान काटेर सुकाएको बेला एक्कासी आएको बर्षाले बर्षभरीको सबै मेहनत बगाएर लगेको दुखेसो पोखिन् । 



उनले एक बिघा खेतमा लगाएको धानबाली पानीले भिजाएपछि अहिले खेतमै उम्रिन थालिसकेको जनाइन् । ‘थोरै भएपनि बचाउन सकिन्छ कि भनेर बगाएर तल पुर्याएको धान उठाएर राख्न थालेको छु’ उनले भनिन् । 

बर्षदिनको लागि पुग्ने खेती आँखाकै अगाडि बगाउँदा किसानहरुको मन सबै भन्दा बढी रोइरहेको छ । जति जति पानी पर्दै जान्छ त्यति नै मन रोइरहेको अर्का किसान नरेश बिष्टले बताए । यस बर्ष धान उत्पादन राम्रो भएको भन्दै खुसी साट्न नपाउँदै सबै सपना चकनाचुर भएको उनले बताए । 



  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १६:५३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया