अनसन तोडेकी होइनन् रुबि खानले, स्थगित गरेकी हुन् [भिडिओ]

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको पक्षमा न्याय माग्दै १२ दिनदेखि माइतीघरमा अनसनरमा बसेकी अधिकारकर्मी रुबि खानले अनसन स्थगित गरेकी छिन् ।

सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएपछि रुबि खानले आज अनसन स्थगित गरेको बताएकी छिन् ।

सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका उपरीक्षक रामप्रकाश साह, राष्ट्रि अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका मोहमम्द शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य रहेका छन् ।

नेपालगन्जबाट पैदल काठमाडौं आएर रुबि खानलगायतले माइतीघरमा अनसन सुरु गरेका थिए ।

अनसन तोडेपछि रुबिले भनेकी छिन्, ‘हामीले महिलाका लागि आन्दोलन गरको हौँ, यो सबै महिलाका लागि गरिएको आन्दोलन हो । देशका जति पनि महिला हुनुहुन्छ, चाहे बाजुराको होस् या बाँकेको, वा जुनसुकै ठाउँको उहाँहरुका लागि गरिएको यो आन्दोलन हो ।’

सबै महिलाका लागि गरिएको आन्दोलनले अहिले सफलता पाएको पनि उनले बताएकी छिन् ।



तर, उनले आफूले अनसन नतोडेको भन्दै आफूले त यसलाई स्थगित गरेको मात्र बताएकी छिन् । ‘यो लिखित सम्झौता भएको छ, लिखित सम्झौता भएकाले मैले अनसन स्थगित गरेकी हुँ,’ उनले भनिन्, ‘सत्यतथ्य छानबिन भएर हाम्रो माग सम्बोधन हुन्छ भन्ने हामीलाई विश्वास छ ।’

उनले आफ्ना माग पूरा नभएको खण्डमा फेरि आफूहरुले कडा आन्दोलन सुरु गर्ने पनि बताएकी छिन् । ‘यो सबैका लागि चेतावनी पनि हो,’ उनले भनेकी छिन् ।



हेर्नुहोस्, भिडियो– 

  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १८:२६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया