भारतको उत्तराखण्डमा बाढीपहिरोमा परी ४७ जनाको मृत्यु

उत्तराखण्डको कुमाउ क्षेत्रमा मंगलाबार भारी वर्षापछिको बाढीपहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । 

खराब मौसमबीच सम्पर्कबिहीन भएको नैनीतालमा पुनः सम्पर्क स्थापित भएको अधिकारीहरुले जनाएका छन् । 

बाढीका कारण कुमाउमा मात्रै ४० जनाको मृत्यु भएको छ । नैनीताल जिल्लामा २८, अल्मोडा र चम्पावतमा ६–६ जना, पिथौरागढ र उधम सिंह नगर जिल्लामा १–१ जनाको मृत्यु भएको छ । 

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले वर्षाबाट प्रभावित इलाकाको हेलिकोप्टरमार्फत निरीक्षण गर्दै पीडितलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

उनले वर्षासँग सम्बन्धित घटनामा परी मृत्यु भएकाका परिवारलाई ४–४ लाख सहयोग गर्ने घोषणा गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार ९:५०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया