देउवाले बारम्बार भेट्न खोजे, ओलीले मानेनन्
फाइल तस्वीर ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय प्रमुख प्रतिपक्षका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बारम्बार भेट्ने प्रयास गरेका छन् ।

तर, उनका यी सबै प्रयास असफल भएका छन् । देउवाले बारम्बार भेट्न खोज्दा पनि ओलीले देउवासँग भेट्न मानेका छैनन् ।

प्रधानमन्त्री देउवाले आफूले सँगसँगै जाने योजना बनाउँदा पनि एमाले अध्यक्ष ओलीबाट साथ नपाएको बताएका छन् ।

‘कतिपटक बोलाएको, उहाँ आउनुभएन,’ गोरखापत्र दैनिकलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘म आफैं पनि (उहाँलाई) भेट्न जान तयार छु ।’

आफूले पछिल्लो समय संसद चल्न दिनुपर्छ भन्ने आवाज उठाइरहेको भए पनि विपक्षी दलबाट यसमा साथ नदिइएको पनि देउवाले बताएका छन् ।

‘हामी संसद मान्ने दलले संसद चल्न दिएनौँ भने के मान्यता भयो त ?’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘काँग्रेस पार्टी विपक्षमा हुँदाखेरी धेरैले ओलीसँग मिल्यो भने कतिले के भनेर विरोध गरे । हाम्रो पार्टीले विरोध गर्ने कुरा विरोध गर्छौं तर संसद् अवरोध गरेनौँ । कि त संसदीय प्रणाली असफल भयो भन्नुपर्यो । हाम्रो पार्टी संसदीय प्रणाली मान्ने पार्टी हो । आफ्ना कुरा राख्नुपर्छ तर संसद् चल्न दिनुपर्छ भन्ने मान्यता हामीले राख्यौँ । त्यस्तो कुरा उहाँहरूले पनि गर्नुपर्छ ।’





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १३:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया