बसुलो प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

बसुलो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सल्यान कुमाख गाउँपालिका–५ का ४७ वर्षीया कविराम खड्कालाई पक्राउ गरेको हो । 

खड्काले ४२ वर्षीया श्रीमती कली खड्काको बसुलो प्रयोग गरी हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १३:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया