पुस ९ गते ऋषिराम आचार्यको ‘चुरिफुरी’

नेपाली कथानक चलचित्र ‘चुरिफुरी’ले ‘रिलिज डेट’ तय गरेको छ । यो चलचित्र आगामी पुस ९ गतेबाट अल नेपाल रिलिज हुने भएको हो ।

ऋषिराम आचार्यले निर्देशन गरेको यो चलचित्र प्रदर्शन मिति तय भएसँगै दाङबाट प्रचार यात्रा सुरु गरेको छ । दाङमा आयोजना भएको एक कार्यक्रममा चलचित्रका निर्देशक आचार्यले कोरोना तथा विभिन्न विपतका कारण दिक्क भएका दर्शकलाई ‘चुरिफुरी’ले फ्रेस बनाउने दाबी गरेका छन् ।

आचार्यले लामो समयदेखि सिथिल रहेको मनोरञ्जन उद्योगलाई चलायमान बनाउन सबै चलचित्रकर्मी एकजुट भएर अघि बढ्नसमेत आग्रह गरेका छन् । भन्छन्, ‘कोरोनाका कारण थिलथिलो भएको चलचित्र क्षेत्रलाई अगाडि बढाउन सबैजना मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’

चलचित्र ‘चुरिफुरी’मा रवीन्द्र झा, सुबोध गौतम, राजीवजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्रचार्यलगायत कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

चलचित्रमा दीपक शर्माको संगीत सुन्न सकिन्छ । राहुल राईले छायांकन गरेको चलचित्र नवीन निरौलाले छायांकन गरेका छन् । चलचित्रमा निर्देशक आचार्यसँगै रिना ढकालले लगानी गरेकी छिन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १७:१६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया