आमनागरिकलाई सरकार छ भन्ने आभास दिन रामचन्द्र पौडेलको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आमनागरिकलाई सरकार छ भन्ने आभास दिनुपर्ने बताएका छन् ।

पौडेलले बुधबार सामाजिक सञ्जालमार्फत पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई  आग्रह गर्दै विपद्‍मा परेका नागरिकलाई सरकार भएको आभास दिने गरी काम गर्न आग्रह गरेका हुन् ।

‘अप्रत्याशीत र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढी–पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ,’ पौडेलले भनेका छन्, ‘ठूलो मानवीय र भौतिक क्षति भएको छ, सरकारले आफ्नो सम्पूर्ण ध्यान तत्काल उद्धार र राहतका लागि केन्द्रित गरोस् ।’

सिंगै अन्नभण्डारका रुपमा रहेको तराईका किसानको धानबाली नष्ट भएकोमा चिन्ता व्यक्त गर्दै उनले किसानसमेत राहत दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । 

प्रधानमन्त्री देउवाले बुधबार नै उद्धार र राहतका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‍लाई निर्देशन दिइसकेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १७:३४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया