जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा पुटिन नजाने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जलवायु परिवर्तनसम्बन्धी ग्लासगोमा हुने सिओपी २६ सम्मेलनमा भाग नलिने भएका छन् ।

रुसी सरकारले यसबारे जानकारी बुधबार दिएको हो । भ्लादिमिर पुटिनले सम्मेलनमा भाग नलिनुको कारण चाहिँ खुलाएका छैनन् । यसअघि क्रेमलिनका प्रवक्ताले चाहिँ यो सम्मेलन रुसका लागि पनि निकै प्राथमिकतामा भएको बताएका थिए ।

यो सम्मेलन स्टकल्यान्डमा हुँदैछ । 

३१ अक्टोबरबाट सुरु हुने सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाँदै छन् । प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हुँदैछ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार २१:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया