दार्चुलामा कुनै पनि पार्टीले कांग्रेसलाई हराउन सक्दैन : मन्त्री बडू
फाइल फाेटाे

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलामा कांग्रेसलाई कुनै पनि पार्टीले हराउन नसक्ने दावी गरेका छन् ।

‘आगामी चुनाव हामीले जित्छौं । त्यसका लागि सबैजना एकजुट हुन आवश्यक छ,’ उनले भने, ‘झिनामसिना कुरा छाडेर हामी एकजुट भएर चुनावमा गए कसैको केही चल्दैन ।’

मुलुकले लामो संर्घषपछि संविधान पाएको र दुई तिहाइसहितको पूर्ववर्ती सरकारले संविधानमै धावा बोलेपछिको परिस्थितिमा नयाँ सरकार बनेकाले सबै मिलेर सफल बनाउन उनले अनुरोध समेत गरे।  

बिपी स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले अहिलेको सरकार विशेष परिस्थितिमा निर्माण भएको जानकारी दिए । 

‘विशेष परिस्थितिमा कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । यो सरकारलाई धेरै चुनौतीसँगै अवसर पनि छ’, उनले भने । 

मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला गएका बडूलाई बुधवार गोकुलेश्वरमा दमाहा, झ्यालीलगायत बाजागाजासहित स्वागत गरिएको थियो ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १२:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया