राजेन्द्र पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउन गठबन्धन भित्र सहमति

बागमती प्रदेशकाे मुख्यमन्त्री राजेन्द्र पाण्डे हुने भएका छन् ।

गठबन्धनको निर्णय कार्यान्वयन गराउन नेपाली काङ्ग्रेसका नेता प्रकाश शरण महत हेटौंडा आएका थिए । महतले काङ्ग्रेस नेता इन्द्रबहादुर वाँनिया र राजेन्द्र पाण्डेलाई राखेर सहमति गराएको काङ्ग्रेसका एक सांसदले जानकारी दिए । 

यसअघि बाँनियाले पनि मुख्यमन्त्री दाबी गरेपछि गठबन्धनले मुख्यमन्त्री टुंगो लगाउन सकेको थिएन।

गठबन्धनले मुख्यमन्त्री टुंगो लगाए तापनि अहिले ३ बजे हुने भनिएको प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन । अबको केही बेरमा बैठक बस्ने बताइएकाे छ । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १६:२८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया