राष्ट्रिय महिला लिग छनोट : कालिका नगरपालिकाको एकतर्फी जित

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कालिका नगरपालिकाले  विजयी सुरुवात गरेको छ ।

कालिकाले एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको तेस्रो खेलमा कागेश्वरी मनोहरा नगरपालिकामाथि १०-० को फराकिलोे जित दर्ता गरेको हो । 

कालिकाको एकतर्फी जितमा अनुष्का शेर्पाले ४, सविता रानमगरले र सम्झना तामाङले २-२ तथा सुनकाला राई र प्रिती राईले १-१ गोल गरे ।
  
अनुष्काले २४,४७,४९,८६, सविताले १२,२६,सम्झनाले नवौं, ६०औं, सुनकलाले ६३औं र प्रिती राईले ७२औं मिनेटमा गोल गरे ।
 
छनोट प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।
 
प्रतियोगिताको फाइनल पुग्ने टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १७:१०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया