मिस युनिभर्स उपाधिको भिडन्तमा १६ युवती

‘मिस युनिभर्स नेपाल २०२१’को उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा १६ युवतीले सहभागिता जनाउने भएका छन् । उमङ्ग क्रियसनले आयोजना गर्न लागेको उक्त प्रतियोगिताका प्रतियोगीको नाम बिहिबार साँझ सार्वजनिक गरिएको हो ।
 
उमङ्ग क्रियसनले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रम आयोजना गरि प्रतिस्पर्धिको सुची सार्वजनिक गरेको हो । 

उपाधि भिडन्तका लागि छानिएका १६ युवतीले बिहिबार साँझ रेड कार्पेटमा र्याम्पवाक गर्दै आफ्नो परिचय र भविष्यको लक्ष्य बताएका थिए ।

सहभागी युवतीहरूले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तीकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकाको शिक्षा लगायतका सामाजिक विषयबस्तुमा निर्माण गरेको २ देखि ३ मिनेटको भिडियो प्रस्तुत गरेका थिए ।
 
१६ युवतीबाट अर्को चरणका लागि १० जना युवती छानिने छन् । उत्कृष्ठ १० मा छनौट हुनका लागि प्रतियोगीहरुले दुई चरणमा अंक प्राप्त गर्नेछन् । 

एक चरणमा उनीहरुले निर्माण गरेको भिडियो र अर्को चरणमा आईएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङबाट अंक प्राप्त गर्नेछन् । आईएमईको सोही एपबाट ‘युनिभर्स नेपाल २०२१’को पिपुल्स चोइसका लागि समेत भोट गर्न सकिने आयोजकले बताएको छ ।
 
‘मिस युनिभर्स नेपाल २०२१’को ग्राण्ड फिनाले यहि अक्टोबर ३० अर्थात कार्तिक १३ गते हुनेछ । विजेताले १२ डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन पाउनेछन् ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार ११:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया